नेपाल एसबिआई बैंक र वन्डर्स नेपालबीच व्यावसायिक सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट हुनेछ।
बैंकका उपप्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्त अधिकृत राजेशकुमार पाण्डे र वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत कविन्द्रप्रसाद श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
प्रकाशित: २ जेष्ठ २०८१ ०९:३० बुधबार