अर्थ

एकैदिन २३ सय रूपैयाँले बढ्यो सुनकाे मूल्य

स्थानीय बजारमा शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा असर परेको महासंघले जनाएको छ।

यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलामा १६ सय ८५ रुपैयाँ रहेको चाँदी आज १७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रकाशित: २८ वैशाख २०८१ ११:३३ शुक्रबार

#Nepal Gold and Silver Traders Federation