अर्थ

नेपालमा ऐसलेको फर्निचर सो रुम

विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा साेरुम स्थापना गरी बिक्री सुरु गरेको छ। ऐसले ब्रान्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा बिक्रेता मध्येको एक हो। १८ वर्षदेखि ऐसले अमेरिकाको सबैभन्दा बिक्री हुने फर्निचर ब्रान्ड रहँदै आएको कम्पनीले जनाएको छ।

ऐसलेको आधिकारीक बिक्रेताको रूपमा एसएन जोशी एन्ड सन्स कम्पनी रहेको छ। विश्व विख्यात फर्निचर ब्रान्डहरू नेपालमा ल्याएर बिक्री वितरण गराउँदै आएको एसएन जोशी एन्ड सन्स कम्पनी २० वर्षदेखि यस व्यवसायमा सक्रिय रहेको जनाएको छ।

टेकुस्थित ऐसलेको सोरुम चार हजार पाँच सय स्क्वायर फिटमा फैलिएको छ। ग्राहकले विभिन्न आधुनिक लिभिङ रुम, डाइनिङ रुम, बेडरुमको साज सज्जासहित आवासमा चाहिने अन्य सरसामानको उपलब्धता रहने कम्पनीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८१ ०९:१० सोमबार

विश्व प्रसिद्ध ऐसले फर्निचर एसएन जोशी एन्ड सन्स कम्पनी