अर्थ

सुजल फुड्सको ‘चोकोफन जोए’ बजारमा

सुजल फुड्स प्रालिले नयाँ उत्पादन चोकोफन जोए चकलेट बजारमा ल्याएको छ। चोकोफन जोए नेपालकै पहिलो एस्क्वायर मोल्डेड चकलेट रहेको कम्पनीको दाबी छ। चकलेट न्यूनतम उपभोक्ता मूल्यमा बजारमा ल्याएको कम्पनीले जनाएको छ।

विगतमा विदेशी चकलेटमा भएको निर्भरता तोडेर नेपालमै अन्तर्राष्ट्रियस्तरको उच्चकोटीको चोकोफन जोए चकलेट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। चोकोफन जोए ७०पिसको जार र  ४५ पिसको बक्समा बजारमा उपलब्ध गराइएको छ। 

प्रकाशित: ४ वैशाख २०८१ ०७:२१ मंगलबार

सुजल फुड्स प्रालि चोकोफन जोए चकलेट