अर्थ

नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने

साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्षको अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ। साथै चैत ३० गते साँझ लाइभ म्युजिक तथा ’फायर डान्स’ गरी नयाँ वर्षलाई स्वागत गर्ने योजना छ।

विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए। कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बञ्जी गर्दै आएको थियो।

नयाँ वर्षको अवसरमा कम्पनीले चैत ३० र वैशाख १ क्लिफको रिसोर्टमा रुम बुकिङ गर्दा १५ प्रतिशत छुटको व्यवस्थासमेत गरेको जनाएको छ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण गरिएको छ।

रिसोर्ट सहितको एड्भेन्चर हव द क्लिफमा बञ्जी र स्विङसँगै विश्वकै अग्लो व्यावसायिक स्काई रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ लगायत गतिविधि सञ्चालनमा छन्।

प्रकाशित: २७ चैत्र २०८० ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App