अर्थ

मेटलाइफ नेपालको ‘लेगेसी ट्रीज’ कार्यक्रम

मेटलाइफ नेपालले आफ्नो ‘लेगेसी ट्रिज’ कार्यक्रमको सुरु भएको घोषणा गरेको छ। कार्यक्रम अनुसार कम्पनीले जीवन बिमा मृत्युदाबी भुक्तानी गरेको प्रत्येक प्रियजनको सम्मानमा एउटा रुख रोप्ने बताएको छ।

रूखले बिमितको स्मृतिलाई सम्मान गर्ने र वनविनाशको लडाइँ, सफा हावा, जनावरहरूको लागि बासस्थान र भूमि संरक्षण गर्ने कम्पनीको विश्वास छ। जीवन बिमा दाबी भुक्तानी गरेपछि कम्पनीले प्रत्येक लाभार्थीलाई उनीहरूको आफ्नो प्रियजनको सम्झनामा रूख रोपिएको सूचित गर्ने र पत्र प्रदान गरिनेछ बताउँदै मृतकलाई सम्मान गर्नुका साथै कार्यक्रमअन्तर्गत रोपिएका रुखहरूले बारा जिल्लाको पुनरुत्थानको प्रयासमा योगदान पुर्‍याउने र भावी पुस्तालाई पनि फाइदा पुग्ने जनाएको छ।

प्रकाशित: ८ चैत्र २०८० ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App