अर्थ

तिलामा हाइड्रोपोनिक प्रविधिबाट हरियो घाँस उत्पादन

जुम्लाको तिला गाउँपालिका-३ मा हाइड्रोपोनिक प्रविधिबाट पशु चौपायालाई घाँस र चारो उत्पादन सुरु गरिएको छ।

जिल्लाको तिला गाउँपालिका –३ मा महिलाहरूद्वारा स्थापित हिमाली महिला तथा बचत ऋण सहकारी संस्थाले पशु वस्तुका लागि हाइड्रोपोनिक प्रविधिबाट घाँस तथा चारो उत्पादन गरिएको हो।

हिमाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मुनिनाथ योगी गहुँ, जौ र मकैबाट दानासहित घाँस उत्पादन सुरु गरेको बताउँछन्। उनले गाईभैंसीलाई भिटामिनयुक्त घाँस र खाना उत्पादनमा सहकारीका महिलाहरू अहिले जुटेको बताउँदै विस्तारै यो घाँस बिक्री हुन थालेको छ। उनले पहिलो चरणमा ५० केजी सो प्रविधिबाट उत्पादित घाँस बिक्री गरिएको बताए।

यसका लागि हिउँदे सिजनमा जाडो हुने भएकाले ग्रिन हाउस बनाइएको छ। यो प्रविधिको लगानी तथा आर्थिक सहयोग युएसएआइडी र प्राविधिक सहयोग विन्ड पावर नेपालले गरिरहेको छ।

विन्ड पावर नेपालका प्रमुख कार्यकारी निर्देशक कुशल गुरुङका अनुसार चैपायामा निर्भर आहारा, सुक्खा याममा पनि पाउने उद्देश्यले यो प्रविधिबाट चारो तथा घाँस उत्पादन गरिएको छ।

अहिलेको उत्पादन स्थिति हेर्दा एक किलो दानाबाट आठ केजी उत्पादन भइरहेको छ। हिमाली क्षेत्रमा यो प्रविधि पहिलो पटक सुरु गरिएको दाबी गरे। हिमाली क्षेत्रमा पहिला पहिला गाईवस्तु तराई क्षेत्रमा झार्ने चलन थियो। अहिले घट्दै गएकाले गाई, भैंसी, भेडा, बाख्रासहितका चौपायाका लागि हाइड्रोपोनिक प्रविधिबाट नेपालमै पहिलो पटक सामुदायिकस्तरबाट घाँस उत्पादन थालिएको हो।

प्रमुख कार्यकारी निर्देशक गुरुङका अनुसार हाइड्रोपोनिक प्रविधि निर्माण गर्न जम्मा पाँच लाख लगानी गरिएका छ। जसमा प्लाष्टिक टनेलसहित प्रविधिका सामग्री रहेका छन्। सहकारी अध्यक्ष सत्यदेवी भट्टराईले चौपायालाई हिउँदे सिजनमा सुक्खा हुने भएकाले हरियो घाँस उत्पादन गर्ने प्रविधि उत्तम भएको बताउँछिन्।

यो कार्य प्रवर्धन गर्न आवश्यक छ। उनका अनुसार १२ घण्टा पानीमा भिजाउने, पखालेर, २४ घण्टा थैलोमा राखेर हरियो घाँस उत्पादन हुँदै आएको छ। महिलाहरू अहिले सो कामले खुसी हुन थालेका छन्।

प्रकाशित: ८ फाल्गुन २०८० १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App