अर्थ

इन्भेष्टमेण्ट बैंकको भैरहवा शाखा आफ्नै भवनमा

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकले रुपन्देहीको भैरहवा शाखा कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरेको छ । सिदार्थनगर नगरपालिका–५ स्थित उक्त शाखा सोही नगरपालिकाको नारायणपथमा नवनिर्मित भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

स्थानीय मागअनुसार कारोबार गर्ने स्थान सानो भएकाले सुविधा सम्पन्न भवन निर्माण गरी शाखा सारिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल ६६ वटा (नारायणगढ र पर्सा शाखा स्थानान्तरणको प्रक्रियासहित) शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ।

बैंकले ग्रामीण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गरिरहेको छ । हाल प्रदेश–१ मा आठ, प्रदेश–२ मा ६, प्रदेश–३ मा ३१, प्रदेश–४ मा पाँच, प्रदेश–५ मा आठ, प्रदेश–६ मा चार र प्रदेश–७ मा चार वटा शाखा पुगेको बैंकले जनाएको छ ।

प्रकाशित: २१ फाल्गुन २०७४ ००:४४ सोमबार

इन्भेष्टमेण्ट बैंकको भैरहवा शाखा आफ्नै भवनमा