अर्थ

नेप्सेमा ४२ अंकको गिरावट

काठमाडौं – निरन्तर ओरालो लागेको नेप्से आइतबार ४१.५६ अंकले झरेको छ। नेपाल स्टक एक्सचेञ्जमा सबै परिसूचक नकारात्मक रही एक हजार ३०४ अंकमा ओर्लिएको हो। 

यो एक वर्षयताकै न्यून बिन्दु हो। ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्समा ३।०१ अंकले ओरालो लागेको छ भने नेप्से ३.०९ प्रतिशतले घटेको छ। 

सबैभन्दा बढी बीमा समूहको परिसूचक २८६ अंकले घटेको छ। सेयर बजारमा १५१ कम्पनीको १३ लाख ११ हजार कित्ता सेयर पाँच हजार ९४३ पटक किनबेच भएको छ भने रु ४८ करोड बराबरको कारोबार भएको छ।

प्रकाशित: २० फाल्गुन २०७४ १५:२३ आइतबार

नेप्सेमा ४२ अंकको गिरावट