अर्थ

सहकारी संघमा भण्डारी

ललितपुर–नेपाल बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको पाँचौ साधारण सभाले सुरेन्द्र भण्डारीलाई अध्यक्षमा चयन गरेको छ । भण्डारी लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।चार वर्षीय कार्यकालका लागि उपाध्यक्षमा नारायणभक्त श्रेष्ठ, सचिवमा माधवप्रसाद तिमल्सिना, कोषाध्यक्षमा पुष्पबहादुर पौडेल निर्वाचित भएको संघले जनाएको छ।

संघका सदस्यहरूमा हजुरी विष्ट, तुलसीप्रसाद सापकोटा, जीवनकुमार राई, पार्वती थापा, तारा गुरुङ,  नरेन्द्र बिष्ट, बलराम खनाल, शरदकुमार महर्जन  निर्वाचित भएका छन् ।प्रदेश संरचना अनुसार गठन गरिएको कार्यसमितिमा प्रदेश नम्बर १ मा सनिपकुमार भुजेल, २ मा  शम्भुलाल श्रेष्ठ, ३ मा मनोजकुमार थापा, ४ मा सुरेन्दमणि पौडेल, ५ मा  भूपेन्द्र अधिकारी, ६ मा  चन्द्रप्रसाद थानी र ७ बाट  सुरेन्द्रकुमार शाह निर्वाचित भएका छन् ।  
 

प्रकाशित: १५ फाल्गुन २०७४ ०२:१८ मंगलबार

सहकारी संघमा भण्डारी