काठमाडौं– लक्ष्मी बैंकले प्रहरी चौकी निर्माणका लागि पाँच लाख रूपैयाँ सहयोग गरेको छ। सुनसरीको भोक्राहामा नयाँ शाखा सञ्चालन गरेको अवसरमा बैंकले भोक्राहास्थित प्रहरी कार्यालय निर्माणमा उक्त रकम सहयोग गरेको हो । नयाँ शाखा उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रकुमार शाहलाई उक्त रकमको चेक प्रदान गरेका थिए।
प्रकाशित: १४ फाल्गुन २०७४ ०१:२५ सोमबार