काठमाडौं – टाटा मोटर्सले लाइफस्टाइल एसयुभी, टाटा नेक्सन सार्वजनिक गरेको छ। टाटा नेक्सन, टाटा मोटर्सको ‘प्रभावशाली डिजाइन’ दर्शनमा आधारित चौथो उत्पादन रहेको कम्पनीले जनाएको छ।
पेट्रोल भेरियन्टलाई ३२ लाख ७५ हजार र डिजल भेरियन्टलाई ४१ लाख ५५ हजारको सुरुवाती मूल्यमा सार्वजनिक गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो गाडी नेपालभरका २० आधिकारिक टाटा सोरुममा उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १३ फाल्गुन २०७४ ०६:१६ आइतबार