अर्थ

हिमस्टारको पाँच मोडलका मिक्स्चर ग्राइन्डर

काठमाडौं– गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हिमस्टारको पाँचवटा नयाँ मोडलका मिक्स्चर ग्राइन्डर सार्वजनिक गरेको छ । नयाँ मोडलका मिक्स्चर ग्राइन्डरमा पर्ल–५०० डब्लु, स्मार्टी–५०० डब्लु, डायमन्ड–५५०डब्लु, क्युट–५५० डब्लु र ग्यालेक्सी–७५० डब्लु  छन् ।

नयाँ मिक्स्चर ग्राइन्डरमा स्पिड कन्ट्रोल, ३–३ वटा स्टेनलेस स्टिल जार, १२ महिनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ । साथै उक्त मिक्स्चरको मूल्य तीन हजार ६ सय ९० देखि  पाँच हजार एक सय ९० रुपैयाँसम्म पर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:१४ सोमबार

हिमस्टारको मोडलका मिक्स्चर ग्राइन्डर