अर्थ

नयाँ बानेश्वरमा मुक्तिनाथ विकास बैंक

काठमाडौं – नयाँ बानेश्वरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा पूर्वपरराष्ट्र मन्त्री तथा अर्थमन्त्री भेषबहादुर थापाले उक्त शाखाको सोमबार उद्घाटन गरेको बैंकले जनाएको छ।

उक्त शाखा सञ्चालनसँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा संख्या नौ पुगेको छ भने उपत्यकाबाहिर यसका ६५ शाखा छन् । बैंकले २०७४ पुस मसान्तसम्म २१ अर्ब ७४ करोड निक्षेप पु¥याएको छ । कर्जा लगानी १९ अर्ब ३३ करोड पुगेको बैंकले जनाएको छ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:३४ मंगलबार

बानेश्वरमा मुक्तिनाथ विकास बैंक