अर्थ

आइएमई इन्स्योरेन्सका ३ शाखा सञ्चालनमा

झापा – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई शाखा र एक उपशाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले शाखा कार्यायहरू झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्गको विराटचोकमा मंगलबारबाट सञ्चालनमा ल्याएको हो। 

शाखाहरूको कम्पनीका संचालकद्वय योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्त रूपमा उद्घाटन गरेका छन्। कार्यक्रममा उनीहरूले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने योजना रहेको बताए। 

कम्पनीले मंगलबार उद्घाटन भएका शाखा सहित २६ वटा शाखा, ३ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टर र प्रधान कार्यालय सहित ४० स्थानबाट  सेवा प्रदान गरिरहेको जनाएको छ। निकट दिनमै १४ शाखा तथा उपशाखा कार्यालय खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने कम्पनिको लक्ष्य रहेको बताइएको छ। 

कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले सहज बीमा सेवा प्रदान गर्नका लागि सार्वजनिक विदाका दिनमा पनि सेवा प्रदान गर्नेे जानकारी दिए।

प्रकाशित: २३ माघ २०७४ १४:५६ मंगलबार

आइएमई इन्स्योरेन्सका शाखा सञ्चालनमा