अर्थ

एनसेलको फोरजी सेवा लाहान र धनगढीमा

काठमाडौं – एनसेलले फोरजी सेवा लाहान र धनगढीमा विस्तार गरेको छ । आइतबारदेखि प्रिपेड तथा पोस्टपेड ग्राहकले फोरजी सेवा प्रयोग गर्न सकिने एनसेनले जनाएको छ ।

‘फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ । सेवामा पहुँच सुनिश्चितगर्दै एनसेलले विभिन्न दुई शहरहरु लाहान र धनगढीमा फोरजी सेवा विस्तार गरेका छौं,’ एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । गत जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवा राजधानीबाहेक धुलिखेल, पोखरा, दमौली, विराटनगर, दमक, धरान, हेटौडा, भैरहवा र नेपालगञ्ज लगायत शहरमा विस्तार गरिसकेको छ ।

फोरजी सेवा प्रयोगकर्ताले ‘बाइवान गेट वान फ्रि’ योजनाअन्तर्गत कुनैपनि डेटा प्याकको खरिदमा त्यहीअनुसारको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछ । ग्राहकले एस्ट्रिक्स ३२४ ह्यास डायल गरी योण्डर म्युजिकको निःशुल्क प्राप्त गर्न सक्नेछन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो या होइन भन्ने जानकारी प्राप्त गर्न सक्छन् ।

प्रकाशित: २३ पुस २०७४ ०९:०८ आइतबार

एनसेलको फोरजी सेवा लाहान धनगढीमा