अर्थ

गुलरियामा प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुँदै

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव उद्योग वाणिज्य संघले आयोजना गरेको छ। महोत्सव दश दिनसम्म चल्नेछ।

महोत्सव पौष ६ गते देखि १६ गतेम्म चल्ने जनाईएको छ। औद्योगिक व्यापार महोत्सव भव्य रुपमा सफल पार्न उद्योग वाणिज्य संघ तयारीमा जुटेको छ।जिल्ला स्थित रहेका पर्यटकिय गन्तव्यलाई चिनाउन महोत्सवले सहयोग पुर्‍याउने शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले बताए। ‘महोत्सवमा स्थानीय कला संस्कृतिलाई प्राथमिकतामा राखेका छौं’अध्यक्ष पाण्डेले भने,‘महोत्सवमा स्थानीय जातजातिका खानाका प्रकार,धर्म संस्कृति भल्काउने खालका झाँकी,बर्दिया जिल्लामा लुकेर रहेका प्रतिभा, घरेलु उद्योगबाट उत्पादित वस्तु, धार्मिक स्थलको व्यापक  प्रचार प्रसार हुनेछ।’

नाफा रहित महोत्सवको आयोजना गरिएकाले स्थानीय कला संस्कृत, धार्मीक स्थल, पर्यटकिय गन्तव्यसहित जिल्लाको महत्व झल्किने बिषय बिशेष प्राथामिकतामा राखेर राष्ट्रिय कलाकार र मिडिया मार्फत यहाँ उत्पादित वस्तुको प्रबद्र्धन र व्यबसायमा उल्लेख्य बृद्धि गरी स्थानीय व्यवसायीको आय स्तर बढाउँने अपेक्षा गर्दै सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्ने समेत संघका अध्यक्ष पाण्डेले पत्रकार माँझ प्रतिबद्धता व्यक्त गरेका छन्। महोत्सव ५ करोड बराबरको कारोबार र १ लाख दर्शक भित्रयाउने लक्ष्य रहेको जनाईएको छ।  

प्रकाशित: ८ मंसिर २०८० १३:३२ शुक्रबार

गुलरियामा प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुँदै