अर्थ

निट्को टायल्सको प्रयोगात्मक केन्द्र सञ्चालन

भारतको निट्को टायल्स कम्पनीले काठमाडौंमा प्रयोगात्मक केन्द्र सञ्चालन गरेको छ। निट्को टायल्स मार्बल्सले काठमाडौंको गौशालामा सबैभन्दा ठूलो प्रयोगात्मक केन्द्र सुरु  गरेको हो।

ग्राहकको प्रिमियम टाइल्स, मार्बल र मोजाइकसम्बन्धी ग्राहकलाई प्रयोगात्मक अनुभव प्रदान गर्ने मार्केटिङ उपाध्यक्ष सुव्रत बासुले बताए। निट्को टायल्स तथा मार्बलको नयाँ प्रयोगात्मक केन्द्रमा ग्राहकले डिजाइन र नवीनताको संसारमा अद्भूत अनुभव गर्न सक्ने कम्पनीको दाबी छ।

प्रयोगात्मक केन्द्रको स्थापना सबै प्रकारका घर तथा व्यावसायिक स्थानका लागि डिजाइन, विचार र अन्य समानको उच्चस्तरीय इन्टेरियर डिजाइनका साथ अत्याधुनिक प्रविधिको प्रयोगमा देखिने समस्या समाधान र अन्तरक्रिया गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

ग्राहकलाई छुने र कसरी निट्कोका उत्पादनले आफ्नो ठाउँहरूमा रूपान्तर गर्न सक्छन् भनेर कल्पना गर्न मदत गर्ने नेपालका बरिष्ठ क्षेत्रीय प्रमुख उत्तम रिमालले बताए।

प्रकाशित: ४ मंसिर २०८० ०५:२३ सोमबार

भारतको निट्को टायल्स कम्पनी प्रयोगात्मक केन्द्र सञ्चालन