अर्थ

सुनको मूल्य हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

यस अघि साउन ४ गते छापावल सुनको मूल्य एक लाख १३ जहार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ।  चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: २ कार्तिक २०८० ०७:१३ बिहीबार

नेपाल सुन चाँदी व्यवसायी महासंघ