अर्थ

नेपालमा सुरु भयो जिप मेरिडियनको डेलिभरी

नेपालका लागि एसयुभी ब्रान्ड जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयुभी जिप मेरिडियनको डेलिभरी सुरु गरेको छ।

यसै क्रममा कम्पनीले काठमाडौं नक्सालस्थित सोरुममा सोमबार आयोजना गरेको विशेष डेलिभरीमा एकै दिन तीनवटा मेरिडियन ग्राहकलाई हस्तान्तरण गरेको हो।

जिप मेरिडियन लेजेन्डरी एसयुभी ब्रान्डजिपको फोर बाई फोर क्यापाबिलिटी भएको पहिलो सेभेनसिटर एसयुभी हो। नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) मात्र उपलब्ध हुने र यसमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ रहेको कम्पनीले जनाएको छ। साथै यसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्ने, ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’ सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको कम्पनीले जनाएको छ।

जिप मेरिडियन एड्भेन्चर र सोफिस्टिकेसनको अनुपम मिश्रण भएको र यसमा धेरै ‘सेग्मेन्ट–फस्र्ट’ फिचरहरू रहेकाले अनरोड र अफरोड दुवैका लागि क्षमतासम्पन्न भएको एमएडब्लु लाइफका सिइओ जोजु जोस थट्टिलले बताए।

मेरिडियनमा जिपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टच स्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरूफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्टसिट’ र ‘पावर टेलगेट’लगायतका फिचर रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८० ००:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App