अर्थ

‘डार्क फेन्टासी चोको फिल्स कुकिज’ बजारमा

सूर्य नेपालले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई बिस्तार गर्दै चकलेटयुक्त कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको उत्पादन तथा बिक्री वितरण नेपालमा सुरु गरेको छ। कम्पनीले यस कार्यलाई नेपाली खाद्य उद्योगको क्षेत्रमा एक उपलब्धिपूर्ण कार्य मानेको जनाएको छ।

गुणस्तरीय सामग्री प्रयोग गरी तयार गरिने डार्क फेन्टासी चोको फिल्स चकलेटको मिठासले यसको स्वादलाई अतुलनीय बनाएको हुँदा कुकिज पारखीहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ।

सनफिस्ट डार्क फेन्टासीको ब्रान्ड एम्बासडरको रूपमा अभिनेत्री शिल्पा मास्केलाई अनुबन्ध गरिएको कम्पनीले जनाएको छ। बहुप्रतिष्ठित सनफिस्ट डार्क फेन्टासी अब नेपालभरिका खुद्रा पसल तथा डिपार्टमेन्ट स्टोरहरूमा उपलब्ध छ।

प्रकाशित: २९ आश्विन २०८० ०२:०१ सोमबार

‘डार्क फेन्टासी चोको फिल्स कुकिज’ बजारमा सनफिस्ट डार्क फेन्टासी