अर्थ

हिमालय सहकारीले १४ प्रतिशत लाभांश बाँड्ने

हिमालय सहकारी संस्था लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। सहकारीको २७ औं वार्षिक साधारणसभाको अवसरमा सो जानकारी गराइएको हो। सहकारीको साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

 संस्थाका सञ्चालक अध्यक्ष दयानाथ शर्माको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाको सञ्चालन संस्थाका उपमहाप्रबन्धक रश्मी मानन्धरले गरेकी थिइन् भने सञ्चालक राजेन्द्र बस्न्यातले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

साधारणसभाले अध्यक्षको प्रतिवेदन लगायत आव २०७९।०८० को वित्तीय विवरण समेत पारित गरेको छ। सहकारीको कुल नाफा तीन करोड १४ लाख ५२ रहेको छ। साधारणसभामा अध्यक्षबाट आव २०७९।०८० मा भाखा नाघेको कर्जा २.०४५ र व्याज असुली ९७.०९ प्रतिशत रही संस्थाको आर्थिक अवस्था मजबुत रहेकाले निर्धक्क भएर संस्थासँग कारोबार गर्न अनुरोध गरे।

प्रकाशित: २१ आश्विन २०८० ०४:३१ आइतबार

हिमालय सहकारी संस्था लिमिटेड संस्थाका सञ्चालक अध्यक्ष दयानाथ शर्मा