अर्थ

नेप्से ८ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजार आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्स्चेञ्जका अनुसार साेमबार बजार ८.१२ अंकले ओरालो लागेर एक हजार ५ सय १ बिन्दुमा पुगेको हो।

ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५३ प्रतिशतले घटेको छ। साेमबार अन्य समूहबाहेक अरु सबै समूहका शेयर ओरालो लागेका हुन्।कूल एक सय ५२ कम्पनीको ६ लाख ४३ हजार पाँच कित्ता शेयर रु ३१ करोड ६८ लाख ६ हजार सात सय ५८ मूल्यमा कारोबार भएको छ।

स्टककाअनुसार आज अन्य समूहको शेयर कारोबारमा भने ४.९२ बिन्दूले बढोत्तरी भएको छ। बैंकिङ ९, व्यापार ३.०४, होटल १.६, विकास बैंक १२.६३, जलविद्युत् ६.२९, बीमा ४७.२७ र वित्त क्षेत्र ८.१४ बिन्दूले घटेको छ।

राजनीतिक उतारचढाव रहेका कारण बजार ओरालो लागेको छ। नेपाल धितोपत्र बोर्डले भने धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्तालाई आग्रह गरेको छ। बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन आग्रह गरेको हो। रासस

प्रकाशित: २३ आश्विन २०७४ ११:४८ सोमबार

नेप्से अंकले घट्यो