अर्थ

‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ हुँदै

बृहत् राष्ट्रिय बिमा संवाद कार्यक्रम ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ को ‘डुओलग’ सत्रमा अर्थमन्त्री प्रकाशशरण महत आउने भएका छन्। बैंकिङ समाचार डट कम र बिमा प्राधिकरणको सहकार्यमा आगामी भदौ १८ गते हुने उक्त कार्यक्रममा बैंकिङ समाचारका प्रकाशक राजु ढुंगेल र अर्थमन्त्रीबीच विशेष प्रश्नोत्तर हुने भएको हो।

कार्यक्रममा बिमाक्षेत्रको वर्तमान अवस्था, बिमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुकता, जनमानसमा बिमाप्रतिको बुझाइ, अर्थतन्त्रमा बिमाक्षेत्रको महत्वपूर्ण पाटो, स्थिति र चुनौती लगायतका विषयहरूमा परिसंवाद गरिने भएको छ।

उक्त सत्रमा अर्थमन्त्रीलाई आजको बिमाक्षेत्रका यथार्थ र मिथकहरू, बिमा शिक्षा, विदेशी बिमा कम्पनीहरूमा निर्भरता कहालीलाग्दो अवस्था जस्ता विषयहरूमा गहन विमर्श हुने भएको छ।

प्रकाशित: १८ भाद्र २०८० ०२:४४ सोमबार

बृहत् राष्ट्रिय बिमा संवाद कार्यक्रम द नेसनल इन्स्योरेन्स डिस्कोर्स