अर्थ

तराईको विपद् व्यवस्थापनमा महानगरको ३९ लाख सहयोग

काठमाडौं – नेपालको तराई भूभागमा अविरल वर्षाका कारण परेको विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३९ लाख रुपैयाँ प्रदान गरेको छ। 

शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, कार्यकारी अधिकृत धनीराम शर्मा, वडाध्यक्षसँगै महानगरका अधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई, निवासमा भेटेर उक्त सहयोग रकम उपलब्ध गराएका हुन्।

काठमाडौं महानगरपालिका मेयर, उपमेयर, कार्यपालिका सदस्य र कर्मचारीकोतर्फबाट १४ लाख रुपैयाँ र महानगरकोतर्फबाट २५ लाख रुपैयाँ गरी ३९ लाख रुपैयाँ उपव्ध गराइएको हो । 
देशको आन्तरिक विपद् व्यवस्थापनमा सहयोग पु¥याएर सामाजिक सद्भाव कायम गराउन महानगरले समय समयमा यस प्रकारको सहयोग रकम उपलब्ध गराउने गरेको छ।
 
२०७२ सालको भूकम्पका समयमा महानगरले उद्धार कोषमा ३५ लाख रुपैयाँ प्रदान गरेको थियो ।

प्रकाशित: २ भाद्र २०७४ ११:५७ शुक्रबार

तराईको विपद् व्यवस्थापनमा महानगरको ३९