अर्थ

पर्यटक र उजुरी दुवै बढे

नेपाल घुम्न आएका पर्यटकको सुरक्षा र सहजीकरण गर्दै आएका पर्यटक प्रहरी सामु गत आर्थिक वर्ष २०७९ मा ५ सयभन्दा बढी उजुरी आएका छन्। गत साउनदेखि असारसम्म पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा ५ सय ३२ वटा उजुरी दर्ता भएका हुन्।

कोभिड महामरी मत्थर भएसँगै उजुरी संख्यामा वृद्धि भएको पर्यटक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। ‘मुलुकमा पर्यटक आगमनले गति लिएसँगै उनीहरूसँग सम्बन्धित उजुरी पनि बढेका छन् तर संख्याको हिसाबले यो तथ्यांक अझ कम हो,’ उनले भने, ‘कति ‘केस’ उजुरी नै गरिँदैन, कति पर्यटकलाई पर्यटक प्रहरीबारे नै थाहा छैन।’

पर्यटक प्रहरीको तथ्याङ्क अनुसार वैशाख महिनामा सबैभन्दा धेरै पर्यटकका उजुरीहरू कार्यालयमा दर्ता भएका छन्। चैत, वैशाख र जेठ महिना पर्यटक आगमनको दृष्टिले दोस्रो बढी पर्यटक आउने समय हुन्। उजुरीमध्ये ३८ वटा सामान हराएका, १९ वटा चोरीका घटना दर्ता भएका छन्। ६ वटा उत्पीडन तथा दुरूपयोग र ४ वटा धोकाधडी सम्बन्धी उजुरी पनि आएका छन्। यस्तै दुर्घटना, लुट र आक्रमणलगायतका अन्य उजुरीहरू पनि पर्यटक प्रहरी सामु वैशाख महिनामा दर्ता गरिएको छ।

यसै क्रममा चैत महिनामा दोस्रो धेरै उजुरी पर्यटक प्रहरी कार्यलयमा आएका छन्। कार्यालयको तथ्याङ्क अनुसार चैत महिनामा सबैभन्दा धेरै उजुरीहरू सामान हराएको सम्बन्धमा गरिएको छ। यस महिनामा सामान हराएका ३६ वटा, चोरी भएका १२ वटा र उत्पीडन तथा दुरूपयोग सम्बन्धी ८ वटा उजुरीहरू रहेका छन्। यस्तै धोकाधडी ३, मानिस हराएको, धम्की, दुव्र्यवहार, दुर्घटना, १/१ गरी जम्मा ३६ वटा उजुरीहरू चैत महिनामा दर्ता भएका छन्।

नेपाल घुम्न आएका पर्यटकको सुरक्षा र सहजीकरण गर्दै आएका पर्यटक प्रहरी सामु गत आर्थिक वर्ष २०७९ मा ५ सयभन्दा बढी उजुरी आएका छन्। गत साउनदेखि असारसम्म पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा ५ सय ३२ वटा उजुरी दर्ता भएका हुन्।

प्रहरी निरीक्षक तथा पर्यटक प्रहरी प्रवक्ता चन्द्रकिशोर शाहले हराएका तथा चोरी भएका सामानहरूमा प्रायजसो पर्यटकका पासपोर्ट लगायतका कागजात, व्याग, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू भएका बताए। ‘कार्यालयमा उजुरी आएपछि तत्कालै अपरेसनमा जान्छांै। सामान हराएको वा चोरी भएको हो होइन भनेर पुष्टि गरेर सकेसम्म छिटो समस्या समाधान गर्छौ’, उनले भने, ‘सामान चोरी र हराएको हो भने लगभग पत्ता लाग्छ।’

यस्तै जेठ महिनामा ५० वटा उजुरी पर्यटक प्रहरी कार्यालयमा आएको छ। हराएको ३१ वटा, चोरीको १० वटा, धोकाधडीको ६ वटा, दुर्व्यवहारको २ वटा र अन्य १ गरी जम्मा ५० वटा उजुरी यस महिनामा आएका छन्। ‘प्रायः पर्यटक आफ्नो सामान केयर गरेर हिँड्दैनन्, सामान जतापनि छोडीदिने, भुल्ने गर्दा सामान हराउने र चोर्ने समस्या बढी भएको हो’, उनी भन्छन्, ‘तर कुनै बेला भने पर्यटक आफैंले समान बेच्ने र हरायो भनेर उजुरी दिन्छन्। त्यस्तो बेला केस हेण्डल गर्न अलि समय लाग्छ।’

नेपालमा असोज, कात्तिक र मंसिर (अटम) महिना सबैभन्दा बढी पर्यटक आउने सिजन हो। त्यसपछि चैत, वैशाख र जेठ (स्प्रिङ) महिनामा धेरै पर्यटकहरू मुलुक भित्रिन्छन्। जति धेरै पर्यटक भित्रिन्छन्, त्यति धेरै उजुरी आउने संभावना पनि बढ्छ। सोहीअनुरूप गत आर्थिक वर्षको चैत, बैशाख र जेठ महिनामा सबैभन्दा धेरै उजुरीहरू आएका छन्।

कार्यालयको तथ्याङक अनुसार कात्तिक महिनामा ४९ वटा उजुरीहरू आएका छन्। सामान हराएका ४१, चोरी ३, दुव्र्यवहार २, धोकाधडी, धम्की, र आक्रमणका १/१ उजुरी दर्ता भएका छन्।

यस्तै असोज महिनामा सामान हराएको ३०, चोरीका ७, धोकाधडीको ४, लुटपाटका २, दुव्र्यवहारका १, र अन्य गरी ४८ वटा उजुरीहरू पर्यटक प्रहरी कार्यालयमा दर्ता भएका छन्। साथै कात्तिक महिनामा सामान हराएका ४१ वटा, चोरीका ३, धोकाधडी २ र धम्की २ वटा गरी जम्मा ३४ उजुरीहरू कार्यालयमा दर्ता भएका छन्।

यस्तै पर्यटक प्रहरीमा सबैभन्दा कम उजुरी साउन महिनामा आएका छन्। यस महिनामा जम्मा २३ वटा उजुरीहरू दर्ता भएका छन्।

पर्यटनले विदेशी मुद्रा आर्जन गर्छ, रोजगारी सिर्जना गर्छ, अन्तर्राष्ट्रिय मुलुकसँग सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गरी मुलुकलाई विश्वव्यापी रूपमा चिनाउँछ। यस वर्ष १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको सरकारले सन् २०२३ देखि २०३३ लाई ‘पर्यटन दशक’ भनेर घोषणा गरेको छ।

नेपालमा असोज, कात्तिक र मंसिर (अटम) महिना सबैभन्दा बढी पर्यटक आउने सिजन हो। त्यसपछि चैत, वैशाख र जेठ (स्प्रिङ) महिनामा धेरै पर्यटकहरू मुलुक भित्रिन्छन्। जति धेरै पर्यटक भित्रिन्छन्, त्यति धेरै उजुरी आउने संभावना पनि बढ्छ।

यसैअनुरूप सरकारले मुलुकमा पर्यटन भित्र्याउन विभिन्न काम गरिरहेको छ। सरकारले मुलुकको विभिन्न पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरी धेरै भन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। पर्यटकको संख्या बढाउने काम, कुरा र योजना गर्दै गर्दा सरकारले उनीहरूको सुरक्षाको पाटोलाई पनि ध्यान दिनुपर्ने प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। ‘सरकारले पर्यटकको संख्या मात्र हैन् उनीहरूको सुरक्षा र सहज बसाइलाई पनि उत्तिकै महत्व दिनु पर्छ।’

उनले भने, ‘पर्यटकलाई परेको समस्यालाई तत्काल सम्बोधन गर्न सकिएन, उनी सुरक्षा र सहजीकरणको पाटो कमजोर भयो भने त्यही सन्देश उनीहरूको देशमा पुग्छ। प्रत्येक पर्यटक आफैंमा राजदूत हुन् भन्ने मान्यता राख्नुपर्छ।’

प्रमुख प्रहरी नायब उपरीक्षक श्रेष्ठले अहिले पनि कतिपय व्यक्ति तथा निकायहरूलाई पर्यटक प्रहरीबारे जानकारी नै नभएकाे बताए।  ‘पर्यटकलाई परेको समस्या सम्बोधन होस् भनेर राजदूतावासदेखि पर्यटन मन्त्रालयसम्म पुगेपछि बल्ल पर्यटक प्रहरी कहाँ आइपुगेको पनि पाइएको छ। यसको मतलब पर्यटक प्रहरीबारे उनीहरूलाई जानकारी छैन्’, उनले भने, ‘हाम्रोबारे कतिपय अवस्थामा थाहाँ नहुदाँ पर्यटकले सास्ती खेप्नुपरेको छ।’

प्रकाशित: ७ श्रावण २०८० ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App