अर्थ

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

फाइल तस्बिर

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको हो।

यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रुपैयाँ बढी हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। चाँदी प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: ४ श्रावण २०८० ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App