अर्थ

सानिमा बैंकद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ।

बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मुत्यु भएकोमा हकवाला क्षितिज आलेलाई बैंकले १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको हो।

बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेका हुन्।

प्रकाशित: २८ असार २०८० ०४:३४ बिहीबार

सानिमा बैंक सानिमा दीर्घायु तलब बचत खाता