अर्थ

तीन अन्तरार्ष्ट्रिय विमानस्थल निर्माण गर्न १३ अर्ब ७३ करोड

काठमाडौं– लामोसमयदेखि टट्कारो आवश्यकताको रुपमा देखिएको अन्तरार्ष्ट्रिय विमान स्थलको निर्माणलाई सरकारले प्राथमिकतामा राख्दै तीन वटा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट विनयोजन गरेको छ।

अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट प्रस्तुत गर्दै निजगढ, भैरहवा र पोखरामा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट छुट्याएको बताए। सरकारले बजेटमार्फमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल तथा बाराको निजगढ विमानस्थललाई बजेट छुट्याएको छ।

निजगढ, भैरहवा र पोखरामा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणका लागि १३ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०७४ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App