सिटिजन्स बैंक र बुटवलस्थित ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङ्गो बीच बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई छुट दिनेसम्बन्धमा सम्झौता भएको छ।
सम्झौतापछि बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।
यस किसिमको सहकार्यले बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
प्रकाशित: २५ असार २०८० ०४:१३ सोमबार