अर्थ

सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्चालनमा

सिटिजन्स बैंकले थप पाँच शाखाहरू सञ्चालनमा ल्याएको छ। बैंकले शाखा विस्तारको क्रममा कोसी प्रदेशस्थित संखुवासभाको खाँदबारी, गण्डकी प्रदेशस्थित तनहुँको दमौली, लुम्बिनी प्रदेशस्थित बर्दियाको गुलरिया, कर्णाली प्रदेशस्थित सल्यानश्री नगर र सुदूरपश्चिम प्रदेशस्थित बैतडी पाटनमा पाँच शाखाहरू एकसाथ सञ्चालनमा ल्याएको हो।

यससँगै बैंकको १ सय ८८ वटा शाखा सञ्चालनमा आएका छन्। आफ्ना बैंकिङ शाखाहरू मार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ। 

प्रकाशित: २० असार २०८० ०३:५० बुधबार

सिटिजन्स बैंक थप पाँच शाखाहरू सञ्चालनमा