अर्थ

धनगढी उपमहानगरको बजेट १ अर्ब ९३ करोड

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागी १ अर्ब ९३ करोड ८ लाख २४ हजार २ सय १८ रूपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार दशाैं नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेकी थिइन्। उपप्रमुखले प्रस्तुत गरेको बजेट नगरसभाबाट पारित भएको छ।

उपप्रमुख रानाले प्रस्तुत गरेको अनुमानित बजेटमा कुल खर्चमा चालुतर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रूपैयाँ रहेको छ भने पुँजीगततर्फ ७५ करोड ६३ लाख २७ हजार १ सय ५५ रूपैयाँ छ।

आयतर्फ आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार २१८ रूपैयाँ, राजस्व बाँडफाँड ४६ करोड ९७ लाख ९२ हजार रूपैयाँ, अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) बाट ९२ करोड ८५ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) ५ करोड ३२ लाख १२ हजार रूपैयाँ र सरी आएको मौज्दात १२ करोड ५० लाख रूपैयाँ गरी कुल आय एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रूपैयाँ अनुमान गरिएको उपप्रमुख रानाले बाचन गरिन्।

यसैगरी, व्ययतर्फ चालु खर्च १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रूपैयाँ र पुँजीगत खर्चतर्फ ७५ करोड ६३ लाख २७ हजार १ सय ५५ रूपैयाँ गरी कुल एक अर्ब ९३ करोड ८ लाख २४ हजार २ सय १८ रूपैयाँ अनुमान गरिएको बजेट वक्तव्यमा उल्लेख छ। आर्थिक विकासतर्फ ९ करोड ६५ लाख ९३ हजार ८ सय १७ (५प्रतिशत), समाजिक विकासतर्फ ८५ करोड ३६ लाख ५ हजार २ सय २२ (४४ दशमलव २० प्रतिशत), पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख ७४ हजार १ सय ९४ (१९ प्रतिशत), शुसासन तथा आन्तरसम्बन्धित तर्फ ५ करोड ६५ लाख ५५ हजार ५९(३ प्रतिशत), कार्यालय संचालन तर्फ ५५ करोड ५६ लाख ९५ हजार ९ सय २६(२८.८० प्रतिशत) बजेट बिनियजन गरिएको उपप्रमुख रानाले बताइन्।

प्रकाशित: ११ असार २०८० ०१:३६ सोमबार

धनगढी उपमहानगरको बजेट १ अर्ब ९३ करोड