अर्थ

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति आवश्यकः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन्।  

बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  

उनले महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका साथीहरुका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा समेटेको बताए। वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको उनको भनाइ छ।

पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रवन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रवन्ध मिलाउने सरकारको लक्ष्य रहेको उनले बताए। उनले अर्थतन्त्र चलायमान बनाउन उद्योग व्यवसायलाई शंकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको र यसले अर्थतन्त्र चलायमान बनाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।  

उनले भने, ‘कोरोना महामारीका कारण भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन एक पटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ। महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका साथीहरुका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेट्ने प्रयास गरेको छ। सरकारले यसअघि पनि आर्थिक प्याकेजका कार्यक्रम ल्याएर देशको निजी क्षेत्रलाई कुनै न कुनै रुपमा राहतको घोषणा गरेको थियो। वर्तमान सरकार निजी क्षेत्रको साथमा छ। सहकार्य गरेर अघि बढ्न चाहन्छ। पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रवन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रवन्ध गरिएको छ। अर्थतन्त्र चलायमान बनाउन उद्योग व्यवसायलाई शंकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको छ । यसले अर्थतन्त्रमा ठूलो मद्दत पुग्नेछ।’

प्रकाशित: २५ जेष्ठ २०८० ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App