भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन।
आज काठमाडौंमा आयोजित सहकारीको विद्यमान चुनौति र समाधानको उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले सहकारीका समस्या समाधान हुन नसक्ने खालका नरहेको भन्दै साझा प्रतिवद्धता लिन आवश्यक रहेको बताए ।
उनले सहकारीका समस्यालाई ठूलो बनाउन जरुरी नरहेको जिकिर गरे । उनले सबै सहकारी समस्याग्रस्त नरहेको र सबै सहकारी नभागेको भन्दै केही सहकारीका कारण सबै सहकारी संस्थाहरु अपमानित हुनु परेको बताए।सहकारीहरु आफ्नो नियम र अनुशासनमा बस्न नसक्दा समस्या आएको बताए।उनले सहकारी संस्थाहरुले आन्तरिक सुशासनको पालना गर्नुपर्नेमा जोड दिए।
सचिव रेग्मीले गलत प्रवृत्ति भित्र्याउने काम रोकेर सबैले स्वसुधार गर्न आवश्यक रहेको बताए । उनले असजिलो अवस्थामा अवरोध नभइ एकवद्ध हुुनपर्ने आवश्यकता रहेको उल्लेख गरे।
प्रकाशित: २४ जेष्ठ २०८० १०:३५ बुधबार