अर्थ

यात्रुलाई विमानस्थलमै रोक्ने कर्मचारी कारबाहीमा

फाइल तस्वीर

टिकट काटेर जहाज चढ्न गएका यात्रुलाई विमानस्थलमै रोक्ने नेपाल एयरलाइन्सका एक कर्मचारीलाई पर्यटन मन्त्रालयले कारबाही गरेको छ। मन्त्रालयले एयरलाइन्सका सम्बन्धित कर्मचारी गगन बहादुर चन्दको युनिट इन्चार्जलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएकाले कारबाही गरिएको जनाएको छ।

मन्त्रालयका अनुसार बुधबार काठमाडौं–ताप्लेजुङ उडानका लागि निगमको टिकट काटेर बोर्डिङ पास लिई जहाजको ढोकामा पुगेका ठाकुर सिंह भण्डारीलाई एयरलाइन्सका कर्मचारीले फर्काएका थिए।

अहिलेलाई काठमाडौं विमानस्थलका इन्चार्ज चन्दलाई कारबाही स्वरूप ताप्लेजुङ सरूवा गरेको बताउँदै पर्यटनमन्त्री सुदन किराँतीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

प्रकाशित: १९ जेष्ठ २०८० ०२:४७ शुक्रबार

बोर्डिङ पास लिई जहाजको ढोकामा पुगेका ठाकुर सिंह भण्डारी काठमाडौं विमानस्थलका इन्चार्ज चन्द