अर्थ

अपेक्षा गरेअनुसार बजेट खर्च भएनः अर्थमन्त्री महरा

चालू बजेटकाे मध्यावधि समीक्षामा बायाँबाट गभर्नर चीरञ्जीवी नेपाल, डा. मीनबहादुर श्रेष्ठ र अर्थमन्त्री कृष्णबहादुर महरा । तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौं– उप–प्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले अपेक्षाअनुसार बजेट खर्च हुन नसकेको बताएका छन्। सोमबार चालू आर्थिक वर्ष ०७३/७४को बजेट मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै महराले विगतको तुलनामा भने बजेट खर्च वृद्धि भएको बताए ।

‘मन्त्रालय तातिएर काम गरिरहेको छ,’ महराले भने, ‘फागुन मसान्तसम्म बजेट खर्च नगर्ने आयोजनाको बजेट सिज गर्छौं।’

वर्तमान सरकारसमक्ष नयाँ कार्यक्रमको अपेक्षा रहेको बताए।  सरकारले चालू आर्थिक वर्षको पहिलो छ महिनामा दुई खर्ब ७४ अर्ब ६८ करोड खर्च गरेको जनाएको छ। जस अनुसार २६.१९ प्रतिशत मात्र खर्च गरेको छ। कुल खर्च मध्ये चालु खर्च २ खर्ब १८ अर्ब र पूँजीगत खर्च ३५ अर्ब २५ करोड र वित्तीय व्यवस्थापनतर्फ २० अर्ब ८२ करोड खर्च भएको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पूँजीगत बजेट खर्च बढेर जाने बताए । ‘खर्चको लागि पूर्वाधार तयार भएको छ,’ उनले भने। श्रेष्ठले बजारमा देखिएको तरलता समस्या समाधानको लागि पुस मसान्तमा भुक्तानी दिएको दाबी गर्दै अहिले तरलता अभाव र क्रेडिट क्रन्सको समस्या नरहेको बताए।

 

प्रकाशित: ९ फाल्गुन २०७३ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App