अर्थ

आर्थिक एवं औद्योगिक क्रान्तिका लागि महायज्ञ

परम् पूज्यअनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखरजीमहाराजको सान्निध्य तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा पहिलो पटक आयोजित श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ सुरु भएको छ। स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवं औद्योगिक क्रान्तिका लागि उक्त महायज्ञ सुरु भएको हो।

महायज्ञमा तीन सयभन्दा धेरै विद्वान् ब्राह्मणहरूको सहभागिता रहने, कर्मनिष्ठ विद्वान् ब्राह्मणहरूद्वारा यज्ञ अवधिभरिमा दस हजार श्रीदुर्गासप्तशती पाठ र चालीस हजार श्रीगणपति अथर्व शीर्ष पाठ, हजार श्रीदुर्गासप्तशती लगायत पाठ गर्ने, भूमिपुजन एवं मण्डप निर्माण, गौरीगणेश पुजन, प्रधान सङ्कल्प पूर्वक आभ्युदयिकश्राद्ध, नवग्रहपूजा, मातृका पूजा भइरहेको छ।

प्रकाशित: १४ वैशाख २०८० ०२:१६ बिहीबार

आर्थिक एवं औद्योगिक क्रान्तिका लागि महायज्ञ स्वआत्मनिर्भर नेपालको निर्माण