अर्थ

बैंकबाट टुक्रे सुन पनि किन्न पाइने

काठमाडौं- नेपाल राष्ट्र बैंकले किलोभन्दा माथिका मात्र सुन ल्याउन पाउने नीति परिमार्जन गर्दै अब बैंकहरुलाई सय ग्राम, पाँच सय ग्रामका सुनका टुक्रा पनि ल्याउन दिने व्यवस्था गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वाणिज्य बैंकहरुलाई टुक्रे सुन ल्याउन अनुमति दिने निर्णय गरेको हो।

सुनचाँदी व्यवसायीले एक किलोभन्दा कम परिमाणको सुन पनि किन्न पाउनुपर्ने माग राख्दै आएका थिए। उनीहरुको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो।

बैंकहरुले किलोभन्दा माथिका मात्र सुन ल्याउन पाउने व्यवस्थाले व्यवसायीले सानो परिमाणका टुक्रे सुन पाउन सकेका थिएनन्।

सुनचाँदी व्यवसायीले बैंकबाट सुनचाँदी किन्नुपर्छ। नेपालमा सुनचाँदी आयात गर्न वाणिज्य बैंकले मात्र पाउँछन्। केन्द्रीय बैंकले कम गुणस्तरका सुन आयातमा बैंकलाई प्रतिबन्ध लगाउँदै ९९.९९ प्रतिशत शुद्ध सुनमात्र आयात गर्न पाउने व्यवस्था गरेको छ।

प्रकाशित: २२ पुस २०७३ ०५:०४ शुक्रबार

बैंकबाट टुक्रे सुन किन्न पाइने