अर्थ

बुद्धनगर बहुउद्देश्यीय सहकारीको पाँच प्रतिशत लामांस दिने

काठमाडौं– बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंको सातौं बार्षिक साधरणसभा सम्पन्न भएको छ। प्रमुख अथिति पूर्वमन्त्री एव्म सांसद टोपबहादुर रायमाझी र अथिति सांसद सोनिया यादवको उपस्थितिमो शनिवार सम्पन्न साधरणसभाले शेयरधनीलाई पाँच प्रतिशत लाभांस दिने निर्णय गरेको छ।

साधरण सभाले अध्यक्ष छन्द पन्थीको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईको आर्थिक प्रतिवेदन पारित गर्नुको साथै ०७२–०७३ को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ । ‘एकका लागि सवै र सवैका लागि एक’ भन्ने मूल नारा रहेको यो सहकारीले विभिन्न रेमिट्यान्स कम्पनीसँग मिलेर रेमिट्यान्स सम्बन्धी काम पनि गर्दै आएको छ।

सहकारीमा साधरणसभा हुनेबेलासम्म १८७ सेयर सदस्य सख्या रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ। त्यसबाहेक सहकारीले ६० लाख ६६ हजार रहेको शेयर पुँजीलाई बढाएर आगामी बर्ष एक करोड पुर्राउने लक्ष्य लिएको छ। साधरणसभासम्म आउँदा सहकारीले ५२ लाख रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ।

सहकारीले बचत रकम उत्पादनशील क्षेत्रमा लगाउने र रोजगारी बढाउने कुरालाई ध्यान दिएको जनाइएको छ।

 

प्रकाशित: १७ पुस २०७३ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App