अर्थ

पोखराको पृथ्वीचोकमा खाद्यको नयाँ बिक्रीकक्ष

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले पोखराको पृथ्वीचोकमा पनि बिक्री कक्ष सुरु गरेको छ। यसअघि कम्पनिले पोखराको विरौटाचोकस्थित प्रादेशिक कार्यालयमा मात्र बिक्री कक्ष राखेको थियो।  

सस्तो, सुलभ दरमा उपभोक्तालाई चालम बिक्री गर्दै आएको खाद्यले चैत ८ गतेदेखि पृथ्वीचोकस्थित नेशनल ट्रेडिङ लिमिटेड परिसरमा नयाँ बिक्री कक्ष बिस्तार गरेको हो। बजार मुल्य नियन्त्रण गर्नका लागि सुपथ र सहुलियत मुल्यमा चामल बिक्री थालेको कम्पनिका निमित्त प्रादेशिक प्रमुख नबीन बस्नेतले जानकारी दिए।  

बस्नेतका अनुसार २५ किलोको स्टीम जिरा चामलको मूल्य १७ सय ५० रुपैयाँ तोकिएको छ। त्यस्तै अरुवा सोना मन्सुली चालमको ३० किलोको लागि उपभोक्ताले १५ सय ३९ रुपैयाँ तिर्नुपर्ने कम्पनिले बताएको छ। खाद्यले बजार मूल्य भन्दा केही सस्तोमा चामल उपलब्ध गराएको बस्नेतले बताए।  

प्रकाशित: १३ चैत्र २०७९ ०८:२४ सोमबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनि पोखरा