अर्थ

तेस्रो संस्थापक दिवस अनाथालयमा समर्पित

रमेश कर्पोरेशनले तेस्रो संस्थापक दिवस संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मनाएको छ। यसै अवसरमा संस्थाले काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कार्यक्रम आयोजना गरेको छ।

यसै क्रममा संस्थाले अनाथालयमा रमाइला गतिविधिहरू आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै खाना र स्टेशनरी वितरण गरेको थियो। यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने र कम्पनीका मूल्य मान्यता प्रवर्द्धन गर्न पनि सघाउने विश्वास व्यक्त गरिएको थियो।बालबालिकाको मुहारमा मुस्कान ल्याउन र उनीहरूको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। कार्यक्रमको बारेमा बोल्दै रमेश कर्पोरेशनका उपाध्यक्ष सुशील गुप्ताले सामाजिक उत्तरदायित्व प्रतिको समर्पण र त्यसको इच्छाशक्तिलाई लक्ष्य प्राप्तितर्फको एउटा सानो कदमको रूपमा हेरेका बताएका छन्।

प्रकाशित: ८ चैत्र २०७९ ०३:५६ बुधबार

रमेश कर्पोरेशन बालबालिकाको मुहारमा मुस्कान