अर्थ

मल्टिपर्पस फाइनान्स लिमिटेडको हकप्रद सेयर निष्कासन

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको सम्बन्धमा सम्झौता भएको छ।

सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो।

प्रकाशित: ६ चैत्र २०७९ ०३:०६ सोमबार

मल्टीपर्पस फाइनान्स हकप्रद शेयर निष्कासन