अर्थ

नेप्सेमा नाटकीय उतारचढाव

काठमाडौं- नेपाली सेयर बजारको तथ्यांकीय मापक नेप्सेमा नाटकिय रुपमा उतारचढाव आएको छ। साताको दोस्रो दिन कारोबार भएको करिब २ घण्टामै ६५ अंकले घटेको सेयर बजार बन्द हुने समयमा नाटकिय रुपमा ४० अंकले बढेर १५१०.१६ विन्दुमा बन्द भयो।

उच्च अंकले घटेपछि नेपाल स्टक एक्चेन्जले दुई पटक सर्किट ब्रेकर लगाएको थियो। आइतबार बजार बढ््नुमा साना लगानीकर्ता संघले अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेपछि मार्जिन लेन्डिङको सिलिङ बढाउन नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई निर्देशन दिने समाचार सार्वजनिक भएलगत्तै बढ्न शुरु भएको थियो।

आइतबार स्टक एक्सचेन्जको घट्नु पर्ने कारण नभएको भन्दै बिज्ञप्ति जारी गरेको थियो। तर, त्यसलाई प्रवाह नगरी कारोबार खुलेदेखि नै ओरालो लागेको सेयर बजार लगानीकर्तामाझ  मार्जिन लेन्डिङको समाचार आइपुगेपछि भने भकाभक सेयर किन्न थालेका थिए। दुई घण्टा अगाडिसम्म बिक्रीकर्ता बढी देखिएका थिए भने पछिल्लो एक घण्टामा भने खरिदकर्ता बढी देखिएका थिए।

१ सय २४ कम्पनीको सेयर किनबेच भएको सोमबारको बजारमा एक अर्ब १० करोड रुपैयाँको कारोबार भयो। कारोबार रकम अघिल्लो कारोबारको तुलनामा १४ करोड रुपैयाँ बढी हो।

दोस्रो सक्रिट पश्चात उचालिएको बजारमा आधा दर्जन कम्पनीका लगानीकर्ताले करिब दश प्रतिशतको हाराहारीमा कमाएका छन्। पु्र्र्र्रडेन्सीयल इन्स्योरेन्स, सगरमाथा फाइनान्स, एनलएजी इन्स्योरेन्स, सिद्धार्थ डेभलपेमन्ट बैंक, आइसिएफसि फाइनान्स, प्रभु इन्स्योरेन्स लगायतका छ कम्पनीको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ। त्यस्तै सुर्य लाइफ मञ्जुश्री फाइनान्स, अरुण भ्याली हाइड्रो लगायतका कम्पनी पनि धेरै कमाउनेमा परेका छन्।

सोमबार जेबिल्स फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै गुमाए। यो कम्पनी सेयरमूल्य साढे छ प्रतिशतले घटेको छ। कालिका माइक्रो,सिर्जना फाइनान्स तथा वरुण हाइड्रो लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाए। यसदिन पनि एभरेष्ट बैंकको सबैभन्दा धेरै १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बैंक अफ कठमाण्डू लुम्बिनी लिमिटेडले छ करोड ७३ लाख तथा शिखर इन्स्योरेन्सले पाँच करोड १६ लाखको कारोबार गरेका छन्। सेयर संख्याका हिसाबले बैंक अफ काठमाण्डू लुमिबनीको एक लाख बढी कित्ता किनबेच भएर सबैभन्दा अगाडि देखिएको छ।

प्रकाशित: १४ मंसिर २०७३ ०४:५९ मंगलबार

नेप्सेमा नाटकीय उतारचढाव