अर्थ

एनआइसी लघुवित्तको लाभांश वितरण

एनआइसी एसिया लघुवित्तले आव २०७८/७९ को लाभांश वितरण गरेको छ। संस्थाको सञ्चालक समितिको १६८ औं बैठकले संस्थाको शेयरधनीलाई आव २०७८/७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रूपैयाँको १४.७५ प्रतिशत बराबरको नगद लाभंश दिइने भएको हो। यसका लागि नेपाल राष्ट्र बैंकको स्वीकृत प्राप्त भई वित्तीय संस्थाको आगामी पाँचौ वार्षिक साधारणसभाबाट पारित भए पछि लागु हुने गरी वितरण गर्ने निर्णय गरिएको छ।

संस्थाले छोटो अवधिमा आफूलाई स्थापित गर्न सफल भएको दाबी गर्दै उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखेर वित्तीय सेवा पहुँच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरेर अघि बढेको जनाएको छ। 

प्रकाशित: २४ फाल्गुन २०७९ ०३:५४ बुधबार

एनआइसी एसिया लघुवित्त