अर्थ

एभरेष्ट बैंकद्वारा नयाँ शाखा उद्घाटन

एभरेष्ट बैंकले कमलविनायक भक्तपुरमा आफ्नो १२४ औं शाखा उद्घाटन गरेको छ। शाखाको उद्घाटन भक्तपुर नगरपालिका वडा १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रूपमा गरेका छन्।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कमलविनायक र सो आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन्।

योसँगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४५ पुगेको छ। समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुलप्रसाद प्रजापती लगायतका व्यक्तिको सहभागिता रहेको थियो।

प्रकाशित: १२ फाल्गुन २०७९ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App