अर्थ

मनकामना दर्शनद्वार ट्रयाक्टर हस्तान्तरण

मनकामना दर्शन प्रालिले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत शहीद लखन गाउँपालिकालाई एक थान महिन्द्रा ट्रयाक्टर हस्तान्तरण गरेको छ।

शहीद लखन गाउँपालिकाको वडा २ र ३ को फोहोर व्यवस्थापनको लागि कम्पनीले उक्त ट्रयाक्टर हस्तान्तरण गरेको हो। कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेशबाबु थापालाई सो ट्रयाक्टर हस्तान्तरण गरेका छन्।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा २, ३ र ४ का वडाध्यक्ष, फोहोरमैला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यलगायतको सहभागिता थियो। ट्रयाक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकारात्मक कार्य एवं सशक्त प्रभाव रहने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: १० फाल्गुन २०७९ ००:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App