अर्थ

आइएमएस ग्रुपद्वारा महर्जन सम्मानित

काठमाडौं– आइएमएस ग्रुपले बडी बिल्डिङ तथा फिजिक स्पोर्ट्स खेलाडी महेश्वर महर्जनलाई १ लाख नगदसहित सम्मान गरेको छ । भुटानमा सम्पन्न ५०औं एसिया बडी बिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०१६ मा उनले देखाएको कौशलताको आधारमा उनलाई कम्पनीले सामसङ ग्यालेक्सी एस सेभेन एज समेत प्रदान गरेको हो।

उक्त कार्यक्रममा आइएमएस ग्रुपबाट कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अध्यक्ष दिकेश मल्होत्राले खेलाडी महर्जनलाई उक्त सम्मान–पत्र प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । उनले खेलाडी महर्जनले गरेको प्रर्दशनले देशको इज्जत बढाएको बताए ।

­

प्रकाशित: ९ आश्विन २०७३ १४:०१ आइतबार

आइएमएस ग्रुपद्वारा महर्जन सम्मानित