अर्थ

हिमाल सफाइमा सूर्य नेपालले सघाउने

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले हिमाल सरसफाइ गर्नका लागि १ करोड १० लाख रूपैयाँ सहयोग गर्ने भएको छ। जैविक विविधता तथा पर्यावरण संरक्षण गर्न सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत सघाउने भएको हो। नेपाली सेनाले सुरु गरेको सफा हिमाल अभियान २०२३ अन्तर्गत सहयोग गर्ने कम्पनीले जनाएको छ। हिमाल सफाइ अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण र लोत्सेको सफाइ गर्ने योजना छ। अभियान सञ्चालन गर्न सूर्य नेपाल, नेपाली सेना र सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेण्टबीच सम्झौता भएको छ।

सम्झौता कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दरकुमार पान्डे, प्रमुख सेनानी किशोर अधिकारी, सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेण्ट, नेपालका आनन्द मिश्रा, सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवी के रायवरम र प्रबन्धक प्रेम नारायण अर्यालको सहभागिता रहेको थियो। 

प्रकाशित: २६ माघ २०७९ ०१:११ बिहीबार