अर्थ

दुई दिनको तालिमसँंगै ३५ जनाले पाए रोजगारी

नेपाल इको प्यानलको आयोजनामा दुई दिने इको प्यानल जडान तालिम सम्पन्न भएको छ। दुई दिनको तालिमपछि तालिममा सहभागीहरूले इको प्यानल जडान गर्न सिकेका छन्। इको प्यानल जडान गर्न सिकेसँगै उनीहरुले रोजगारी पाएका छन्।  

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले देशभरि नै इको प्यानलको प्रयोगबाट भौतिक संरचना निर्माण गर्नेहरूको संख्या बढिरहेकोले आवश्यक जनशक्तिका लागि तालिम दिएको स्पष्ट पारे। तालिम प्राप्त व्यक्तिहरुले अव ती ठाउँंहरुमा पुगेर इको प्यानल जडान गर्ने काम पाउने उनले जानकारी गराए।  

देशमा रोजगारीको समस्या भइरहेको बेला स्वरोजगार बनाउने उद्देश्य तालिमको रहेको इन्जिनियर दुवालले बताए। आज स्वरोजगार भएका व्यक्तिहरू भोलिका दिनमा उद्यमशील हुनसक्ने पनि उनले जनाए। भोलिका दिनमा इको प्यानलको विक्री वितरणसमेतमा सहभागी भई जडान गर्ने काममा उनीहरु लाग्नसक्ने उनले जनाए।  

सहभागीहरूलाई एक कार्यक्रमबिच प्रमाणपत्रसमेत वितरण गरिएको  छ। तालिममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूबाट सहभागी भएका थिए। महिला पाँच जनासहित कुल ३५ जना तालिममा सहभागी भएको जनाइएको छ।  

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो। हलुका, भूकम्प प्रतिरोधी, तीव्र निर्माण सम्भव हनुलगायतका कारण पछिल्ला वर्ष यसको माग देशभरि उच्च रहेको बताइएको छ।

प्रकाशित: २१ माघ २०७९ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App