अर्थ

११३ मेगावाटकाे आयोजना अघि बढ्यो

काठमाडौं– अपी पावर कम्पनी लिमीटेडले १ सय १३ मेगावाटका तीन जलविद्युत आयोजना अघि बढाउने भएको छ। कम्पनीको १३ औ साधारणसभाले ७५ मेगावाटको त्रिशुली गल्छी, ४० मेगावाट अपर चमेलिया र ८ मेगावाटको अपर नौगड गाढ जलविद्युत आयोजना अघि बढाउने निर्णण् गरेको हो।

अपर नौगड चाँडै निर्माण सुरु गरेर १५ महिनाभित्र पुरा गर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी गराए । सो आयोजना लगतै अपर चमेलिया आयोजना निर्माण गर्ने उनले बताए।
यता त्रिशुली गल्छी आगामी कार्तिकदेखि निर्माण सुरु गरी आगामी ४ बर्षभित्र पुरा गर्ने लक्ष्य राखिएको बताइएको छ। सभामा कम्पनीले सौर्य उर्जामा समेत लगानी गर्न लागिएको जानकारी दिइएको छ।

त्यस्तै सो साधारणसभाले कम्पनीको बार्षिक आय व्यय विवरण पारित गर्दै शेयर धनीहरुलाई ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित: १८ भाद्र २०७३ १२:४५ शनिबार

११३ मेगावाटकाे आयोजना अघि बढ्यो